२०८२ चैत्र १ गते आइतवार

पौडेल वंश महासंघ तुलसीपुरमा हरि पाैडेलकाे अध्यक्षतामा नेतृत्व सर्वसम्मत चयन

तुलसीपुर । पौडेल वंश महासंघ तुलसीपुर नगर कार्यसमितिको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।

अधिवेशनले हरि पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत निर्वाचित गरेकाे छ । समितिकाे उपाध्यक्षमा विष्णा पाैडेल,सचिवमा पार्वता पाैडेल, काेषाध्यक्षमा टीकाकुमारी पाैडेल रहनुभएकाे छ । यसंतै सदस्यहरूमा हरिलाल पाैडेल, नेत्रलाल पाैडेल, धनबहादुर केसी पाैडेल, टिकाराम पाैडेल, बालीका पाैडेल रहनुभएकाे छ।

पौडेल वंश महासङ्घ नेपालका केन्द्रीय सदस्य हरिहर पौडेलको प्रमुख अतिथ्यता, केन्द्रीय सल्लाहकार सदस्य गीता पौडेल र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शशीधर पौडेलको विशिष्ट अतिथितामा कार्यक्रम भएको हो।

कार्यक्रममा प्रमुख अतिथि हरिहर पाैडेलले वंशीय एकता र आपसी सद्भाव समाज विकासको आधार भएकाे बताउनुभयाे।

पौडेल वंश महासंघले वंशका सबै सदस्यलाई एउटै सूत्रमा बाँध्ने महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नगरस्तरीय संरचना सुदृढ हुँदै गएकोमा खुशि व्यक्त गर्नुभयाे । भावी पुस्तालाई पहिचान, संस्कार र सामाजिक जिम्मेवारीको भावना जगाउने खालका कार्यक्रमहरू अघि बढाउन समेत आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि गीता पौडेलले महिला सहभागिता र नेतृत्वलाई प्राथमिकता दिएर संस्थालाई समावेशी बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयाे। तुलसीपुर-१७ का वडा सदस्य शशीधर पौडेलले स्थानीय तहसँग सहकार्य गर्दै वंशीय हितका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेकाे बताउनुभयाे ।

कार्यक्रममा वंशावली समिति संयाेजक गेहराज पाैडेल,सल्लाहकार गिरीधारी प्रसाद पौडेल,लेखापढी कानून व्यवसायी लुम्बिनी प्रदेश संउाेजक हरिलाल पाैडेल,नेत्रलाल पाैडेल लगाएतले संगठनले सामाजिक मूल्य, परम्परा र एकता जोगाउने अभियानमा ठूलो भूमिका खेलिरहेको बताएका थिए।

संघका उपाध्यक्ष विष्णु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब बसन्त पौडेलले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस