२०८२ मङ्सिर २७ गते शनिवार

रोल्पामा मुडा काट्ने क्रममा मुडा पल्टिदा एक महिलाको मृत्यु


रोल्पा । रोल्पामा रुखको मुडा काट्ने क्रममा मुडा पल्टिदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका–६ उपल्लो गुम्चालकी २६ वर्षिय प्रतिक्षा बुढाथोकीको मुडाले लागेर घटनास्थलमै मृत्यु भएको हो ।

लुंग्री गाउँपालिका–६ को दरालसिमस्थित कालिमाटी सामुदायिक बनमा सोहि ठाउँका निलबहादुर विष्टले मंगलबार दिउँसो उत्तिसको रुख ढाली मुडा काट्ने क्रममा मुडा पल्टीएर प्रतिक्षालाई लागेको हो । प्रहरीले घटनामा संलग्न निलबहादुरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मृतकका श्रीमान मोहन बुढाथोकी विदेशमा रहनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस