दाङ । तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले पूर्व सहकारी शिक्षा तालिम प्रदान गरिएको छ ।
प्रस्तावित लक्ष्मी सम्बृद्धी कृषि सहकारी संस्था लिमिटेड तदर्थ सञ्चालक समितिका अध्यक्ष जालिम ओलीको अध्यक्षता एवं वडा नं. १६ का वडा अध्यक्ष शिवानन्द डिसीको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष डिसीले सहकारी संस्था सामुदायिक हितमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । केवल रासायनिक मल कारोबारमा सीमित नरही समग्र कृषि उत्पादनलाई केन्द्रमा राखेर सहकारी दर्ता र सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो।
तालिममा सहभागी अर्जुन प्रसाद देवकोटा, पवित्रा बोहरा र गेहेन्द्र कुमार घर्तीले पनि आफ्नो धारणा राख्नुभएको हो ।
तालिममा जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव तथा प्रशिक्षक शुक्रराज भण्डारीले ४० भन्दा बढी सहभागीलाई सहकारीको अर्थ, अवधारणा, मूल्य मान्यता र सिद्धान्तबारे प्रशिक्षण दिनुभयो । कार्यक्रमका सञ्चालन प्रकाश खड्काले गर्नुभएको हो ।









