२०८२ मङ्सिर ३ गते बुधवार

सांसद विकास कोषबाट विनियोजित बजेटबाट निर्माण सम्पन्न नालाको अनुगमन


दाङ। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माको सांसद विकास कोषबाट विनियोजित बजेटमा निर्माण गरिएको नालाको अनुगमन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ जनजागृति टोलमा निर्माण सम्पन्न पक्की नालाको अनुगमन बिहिबार बिहान गरिएको हो ।

अनुगमनमा सांसद रेखा शर्मा, वडा अध्यक्ष रामबहादुर जि.सी., प्रदेशसभा सदस्य मानबहादुर राना, दिवानी चौधरीलगायत टोलवासीको उपस्थिति रहेको थियो।

जनजागृति टोल विकास संस्थाका अध्यक्ष मनीकर्ण पुनको अध्यक्षता तथा सांसद शर्मा प्रमुख आतिथ्य र वडा अध्यक्ष जि.सी. विशेष आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले वडा नं. ७ का निवर्तमान अध्यक्ष खगेश्वर पराजुली, पूर्व दलित महिला वडा सदस्य शारदा श्वर्णकार, खगेश्वर भण्डारी, डिल्लीराज भण्डारी, बसन्ता सापकोटा, शेशुराम भण्डारीलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदेश तथा स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै विकास निर्माणमा सरकारको सक्रियता रहेको बताएका थिए। सांसद शर्माले स्रोत सीमितताका कारण अपेक्षाअनुसारको बजेट विनियोजन हुन नसकेको स्पष्ट पार्नुभयो।

कार्यक्रमको सहजीकरण खेमराज विश्वकर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस