दाङ । जातीय विभेद अन्त्य र सामाजिक समानता प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिका–२ मा दलित र गैरदलित समुदायका लागि कानुनी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
वडाध्यक्ष भीमबहादुर योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूलाई नेपालको संविधान, जातीय छुवाछुत (कसुर र सजाय) ऐन, मानवअधिकारका मौलिक पक्षहरूबारे जानकारी प्रदान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष योगीले कानुनी साक्षरतामार्फत सामाजिक एकता कायम गर्ने र विभेदजन्य सोच तथा व्यवहार अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
अभिमुखिकरणमा दलित र गैरदलित दुवै समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले समुदायमा कानुनी चेतना फैलाउने र विभेदविरुद्ध सामूहिक पहलको आधार तयार पार्ने अपेक्षा गरिएको छ ।













