२०८२ असार २४ गते मङ्गलवार

आज देशका अधिकांश ठाउँमा घाम लागेपनि केहि ठाउँमा भारी वर्षाको संभावना

दाङ। दाङ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । तर बिहान घाम लागेपनि दिउँसोपख मौसममा बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू(भागका तथा मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस