२०८२ मङ्सिर ३ गते बुधवार

मनसुनी वायुको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा

दाङ, १६ असार । मनसुनी वायुको प्रभावका कारण अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । सुदूरपश्चिम भेगमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कञ्चनपुरको बेलौरीमा पछिल्लो तीन घन्टामा ९७ दशवलव २, कृष्णपुरमा ९५ दशमवल ८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो भारी वर्षा हो । कञ्चनपुरकै पर्सियामा ५५ दशमलव ६, हनुमान नगरमा ४१ दशमलव २ मिलिमिटर वर्षा भएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । राति साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस