२०८२ मङ्सिर २७ गते शनिवार

तुलसीपुर नगर जेसिजलाई जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार


दाङ । तुलसीपुर नगर जेसिजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको छ । जेसिज नेपाल अन्तर्गतका स्थानीय संस्थाले पाउने जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार तुलसीपुर नगर जेसिजले प्राप्त गरेको हो ।

प्रभावकारी परियोजनाहरूको कार्यान्वयन, कार्यक्रम र कार्यक्रमहरूमा भौतिक उपस्थिति, प्लेटफर्महरूमा भर्चुअल संलग्नता, राष्ट्रिय संगठनलाई नियमित रिपोर्टिङ, एनजेसीमा प्रसारित कार्यक्रमहरूमा सहभागिता, स्थानीय संस्था कार्य योजनाको पेशीकरण र कार्यान्वयनले तुलसीपुर नगर जेसिजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको हो ।

देशभरीका ५८ शाखा मध्ये तुलसीपुर नगर जेसिजले १०५ अंक ल्याएर जेनिथ शसक्तिकरण प्रशंसा पुरस्कारमा स्वर्ण श्रेणी प्राप्त गरेको अध्यक्ष सन्दिप भुषालले बताउनुभयो ।

यस पुरस्कारले प्रभावकारी पहलहरू, सक्रिय सहभागिता र जेसिजको मिसनसँगको पङ्क्तिवद्धतामा उत्साह थपेको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस