२०८२ मङ्सिर ३ गते बुधवार

मृगौला पिडितको सहयोगका लागि अपिल


तुलसीपुर। मृगौला पिडित एक यूवकले सहयोगका लागि अपिल गरेका छन् । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर– ८ का ३५ वर्षिय मृगौला पिडित किशन दमाईले सहयोगको लागि अपिल गर्नु भएको छ ।

किशनको दुवै मृगौला फेल भइ हाल काठमाडौं सिनामंगलमा डाईलासिस गरि रहेको उहाँको बुवा बिष्णे दमाईले बताउनुभयो । आउँदा दिनमा मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले छोरालाई सहयोग गरी जीवन बचाई दिन सहयोगी मनहरुलाई आग्रह गर्नु भएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण सबैसंग सहयोग मागेर छोरालाई उपचार गराइ रहेको उहाँको भनाइ छ । उपचार खर्च धेरै लाग्ने भएकाले सहयोगी मनहरुले किशन दमाईको ग्लोबल आइएमई बैंकको खाता नम्बर– ०८००९०१७०६००२९ रकम जम्मा गरी सहयोग गरीदिन सबैमा अनुरोध गर्नु भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस