२०८२ माघ ५ गते सोमवार

जंगलमा च्याउ टिप्न गएका एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु

बाँके । जंगलमा च्याउ टिप्न गएका एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका – १ चिसापानीकी ३६ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार हिजो शुक्रबार बिहान साढे ८ बजेतिर स्थानीय हात्तीसारको चिसापानी जंगलमा च्याउ खोज्न गएका बुढालाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको अवस्थमा शव फेला परेको थियो ।

सँगै च्याउ खोज्न गएका अन्य स्थानीयले भने भागेर ज्यान जोगाउन सफल भएपछि घटनाबारे उनीहरूले नै गाउँमा सूचना दिएका थिए ।

निकुञ्ज प्रशासनले सम्भावित वन्यजन्तुको आक्रमणलाई मध्यनजर गर्दै निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा एक्लै जंगलमा प्रवेश नगर्न सचेत गराउँदै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस