२०८२ माघ ८ गते बिहिवार

गएराती देशका धेरै ठाउँमा वर्षा : आज केहि ठाउँमा ठुलो पानी पर्ने अनुमान

दाङ । गएराति दाङ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । राति सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाङमा आज बिहान ५ बजेर २८ मिनेटमा सुर्यदय भएको छ भने सुर्यास्त बेलुका ७ बजेर १५ मिनेटमा हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस