२०८२ मङ्सिर २२ गते सोमवार

तीन महिनामा विपद्का घटनाबाट ९३ जनाको मृत्यु

दाङ । बितेको तीन महिनामा विपद्का घटनाबाट ९३ जनाको ज्मृत्यु भएको छ । विपद्मध्ये सबैभन्दा धेरै मौसमसँग सम्बन्धित घटनाका कारण ५४ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज सार्वजनिक गरेको वैशाख १ गतेदेखि असार ३२ गतेसम्मको विवरण अनुसार चट्याङ लागेर २६ जना, बाढीमा परेर १३ जना, पहिरोमा परेर ६ जना र हावाहुरीका कारण आठ जनाको मृत्यु भएको छ । एक जनाको भारी वर्षाका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ । बाढीमा परेका २२ जना हराइरहेका छन् ।

यस्तै पछिल्लो तीन महिनामा आगलागीमा परी १४ जना, लेक लागेर १२ जना, जनावरको आक्रमणबाट १२ जना र सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । बितेको तीन महिनामा विपद्का घटनामा परी चार सय ४५ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ ।

विपद्का घटनाबाट तीन महिनाको अवधिमा चार हजार एक सय ३४ परिवार प्रभावित भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस