२०८२ फाल्गुन २९ गते शुक्रवार

घोराही–लमही सडकमा ठुला सवारीसाधन संचालनमा रोक

दाङ, १७ साउन । घोराही–लमही सडकमा ठुला सवारीसाधन संचालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार मसोट खोला पुल मर्मतका लागि घोराही–लमही सडकखण्डमा साउन २१ बिहान ७ बजेदेखि साउन २४ गतेसम्म ठुला सवारी संचालनमा रोक लगाइने भएको हो ।

पुल मर्मतको समयमा दुई पांग्रे सवारी साधन भने निर्वाधरुपमा संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले दुई पांग्रे सवारी साधनबाहेक अन्य सवारी साधनले उक्त समयमा अर्जुनखोला–अमेलिया–तुलसीपुर सडकखण्ड प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

जिल्लास्थित सरोकारवालाको शनिबार बसेको आकस्मिक बैठकले घोराही–लमही सडकमा ठुला सवारी साधनलाई रोक लगाएर मसोट खोलाको पुलको आकस्मिक मर्मत गर्ने निर्णय गरेको हो । मसोट खोला पुल जिर्ण हुँदा दुर्घटनाको जोखिम बढेकोले मर्मतका लागि ठुला सवारी आवागमनम रोक लगाएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस