२०८२ फाल्गुन २६ गते मङ्गलवार

मानवीया एजुकेशनल कन्सलटेन्सीले मनायो ४ औं वार्षिक उत्सव

दाङ । मानवीया एजुकेशनल कन्सलटेन्सी तुलसीपुरले ४ औं वार्षिक उत्सव कार्यक्रम गरेको छ । कन्सलटेन्सीले चार वर्ष यता तुलसीपुरलाई कार्यक्षेत्र बनाई काम गर्दै आएको कम्पनीका म्यानेजिङ डाइरेक्टर देवराज मल्लले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रमको विषयबस्तुु माथि प्रकाश पार्दै मानवीया एजुकेशनल कन्सलटेन्सीले करिव ५ सय विद्यार्थीहरुलाई पढाएर पास गराइ विदेश पठाइरहेको बताउनुभयो ।

पछिल्लो समय युवाहरु विदेश जाँदा भाषा, शिपले दक्ष भएर गएमा काम गर्न सजिलो हुने बताउनुभयो । त्यसैअनुरुप आफ्नो कन्सलटेन्सीमा विद्यार्थी र कामदार भिसाका लागि पढाइ भइरहेको बताउनुभयो ।

यहाँ पढेका विद्यार्थीहरुका लागि काम गर्न सहज वातावरण मिलाउनका लागि जापानको टोकियो, नागोया, ओसाका लगायतका सहर र काठमाडौंको पानीपोखरीमा आर.डी ग्लोबल लिंक कम्पनीसंग सहकार्य गरेर विद्यार्थीहरुलाई पढाउने र जापान पठाउने गरेको बताउनुभयो ।

कार्यक्रममा गोरखा मावि तुलसीपुरका शिक्षक बामदेव सापकोटाले सकारात्मक सोचर राखेर अगाडी बढेमा सफल भइने बताउनुभयो । उहाँले पास भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै ध्यान दिएर पढ्न र सिप सिकेर अगाडी बढ्न सुझाव दिनु भएको छ ।

त्यसअवसरमा एजुकेशन म्याटरका सञ्चालक डम्बर बुढाथोकीले नेपाली विद्यार्थीहरुले भाषा सिकेर विदेश गएमा काम गर्न सहज हुने बताउनुभयो । भाषा नजान्दा धेरै नेपालीले दुख पाउने गरेको बताउनुभयो ।

उहाँले नेपालबाट उच्च शिक्षा र रोजगारीका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढ्दो रहेको बताउनुभयो । भाषाको ज्ञानले विदेशमा काम पाउन, अध्ययनमा सफलता हासिल गर्न र सामाजिक समायोजनमा सहजता बनाउने बताउनुभयो ।

यस्तै समाजसेवि मोहनलाल ओलीले यूवामा विदेश मोह बढ्दै गएको बताउनुभयो । उहाँले केहि वर्षका लागि विदेश गएपनि फेरी नेपाल आएर त्यहाँ सिकेको सिपलाई काममा लगाइ आफ्नो आय आर्जनसंग जोड्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा कुमाख कलेजका सञ्चालक तुफान केसी, समाजसेवी आशिष मल्ल, लालबहादुर खत्री, हिरा खड्का, नेबबहादुर रोका, गंगा खाण, नेपबहादुर खाण, शालिकराम विक, शिवप्रसाद शर्मा, खगेन्द्रप्रसाद सुवेदी लगायतले पास भएका विद्यार्थीलाई शुभकामना दिनु भएको छ ।

त्यसैगरी जापानीज भाषा प्रशिक्षक श्यामलाल रेउलेले पास भएका ११ जना विद्यार्थीहरुले धेरै मेहनत गरेर अगाडी बढेको बताउनुभयो । छोटो समयमा पढेर विद्यार्थीहरुले उत्कृष्ट नतिजाहरु ल्याएको भन्दै बधाइ ज्ञापन गर्नु भएको छ ।

कार्यक्रममा समाजसेवी, राजनितिक दल, शिक्षक, पत्रकार, बद्धिजीवि र विद्यार्थीको उपस्थिति रहेको थियो । मानवीया एजुकेशनल कम्पनीका म्यानेजिङ डाइरेक्टर देवराज मल्लको अध्यक्षता तथा गोरखा मावि तुलसीपुरका शिक्षक बामदेव सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण रमा नेपालीले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस