दाङ । गएराती दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा ठुलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरैजसो ठाउँमा वर्षाको संभावना छ ।
आज कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताउनुभयो । उहाँका अनुसार अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने छ ।
आज दिउँसो लुम्बीनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती पनि लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।













