२०८२ माघ ८ गते बिहिवार

पानी पार्ने हावाको प्रभाव केही कमजोर : ठुलो वर्षाको संभावना कम


दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । आज ठुलो वर्षाको संभावना कम छ । पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको हो ।

आज कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस