तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।
वडा नम्बर १२ रझेनाका सुवास रिजालले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नु भएको हो । रिजाले हिजो बुधबार ३८ औं जन्मोत्सवको अवसरमा वडावासीलाई निःशुल्क एम्बुलेनस सेवा प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
वडामा रहेका मृगौला पिडित विरामीलाइ अस्पतालसम्म पुर्याउन र विभिन्न कारणले मृत्यु भएका व्यक्तिहरुको अन्तिम संस्कारको लागि घाटसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने रिजालले बताउनुभयो । आफ्नो बुवा पनि मृगौला पिडित भएर मृत्यु भएको स्मरण गदै वडाबासीहरुलाई बुवाको सम्झनामा सेवा सुरु गरेको उहाँको भनाई छ ।
यस्तै तुलसीपुर–६ गाइडहरमा रहेको मानव सेवा आश्रममा आश्रय लियर बसेका व्यक्तिहरुलाई पनि औषधि उपचारका लागि अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताउनुभयो ।
सेवा २४ सैं घण्टा उपलब्ध रहने हुँदा वडा वासीहरुलाई लाभ लिन उहाँले आग्रह गर्नुभएको छ । निःशुल्क एम्बुलेन्स सेवा लिनका लागि ९८५७८२२२५४ र ९८४६८९२३९४ मा सम्पर्क गर्न सकिने छ ।
बिगत १४ वर्षदेखि एम्बुलेन्स चालकको रुपमा काम गरिरहेका रिजाल संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत हुनुहुन्छ ।














