दाङ । मसोट खोलाको पुल मर्मतका लागि बन्द गरिएको घोराही–लमही सडकमा आजदेखि ठुला सवारी साधन पनि संचालनमा आउने भएका छन् । सडक डिभिजन कार्यालय घोराहीका प्रमुख दिपेन्द्र बहादुर बिष्टका अनुसार आज बिहान ७ बजेदेखि ठुला सवारी साधन संचालनमा आउने भएका हुन् ।
पुल मर्मत गरिएपछि ठुला सवारी साधन संचालन गर्न सकिने उहाँले बताउनुभयो । तर अत्याधिक भार बोकेका सवारी साधनलाई भने कडाई गरिएको छ । पुल जिर्ण बन्दै गएपछि मर्मतका लागि भन्दै घोराही–लमही सडक साउन २१ गते बिहान ७ बजेदेखि आज बिहान ७ सम्म ठुला सवारी संचालनमा रोक लगाएको हो ।














