दाङ । दाङको तुलसीपुर–७ झुमरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
सदस्यहरूलाई सहकारीको नीति, नियम र अधिकारका बारेमा सुसूचित गराउने उद्देश्यले शनिबार तालिमको आयोजना गरिएको हो ।

तालिममा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणका क्रममा अध्यक्ष भण्डारीले सहकारीको सिद्धान्त, शेयर सदस्यको भूमिका र सहकारीमार्फत आर्थिक आत्मनिर्भरता बन्न सकिने विषयमा प्रष्ट पार्नुभएको छ ।

उहाँले सदस्यहरू सहकारीको मालिक भएकोले संस्थाको गतिविधिमा सक्रिय सहभागिता र नियमित बचत गर्ने बानीले नै सहकारी र सदस्य दुवैको हित हुनेमा जोड दिनुभयो । संस्थाका कर्मचारी माधुरी पौडेलले तालिमको सहजीकरण गर्नुभएको थियो ।

























