२०८२ माघ २५ गते आइतवार

भारतको उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

दाङ । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका छन् ।

उद्धार गरिएकाहरूमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन् ।

उद्धार भएकाहरूमध्ये तीन जना हिरद्वार जाँदै गरेको र अन्य उतै बस्ने गरेका थिए ।

गत बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सो बाढीमा परेर कम्तीमा २२ नेपाली बेपत्ता भएका थिए । त्यहाँ खोजी कार्य जारी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस