२०८२ माघ ५ गते सोमवार

बोलेरो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

दाङ । दाङको तुलसीपुर –२ भमके खोलामा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

आईतवार साँझ करिब साढे ६ बजे तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको बा ११ च ७९४७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा ८ प ४१२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक बबई गाउँपालिका–७ पंचकुलेका ५० वर्षीय कुलबहादुर बुढाथोकीको दुवै हात, खुट्टा, मुख र टाउकोमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार बबई गाउँपालिका–६ का ५० वर्षीय शालिकराम शर्माको दुवै हात र खुट्टामा सामान्य चोट लागेको छ ।

घाइते दुवैजनालाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि बोलेरो चालक दंगिशरण गाउँपालिका– १ रामपुरका अशोक रतगौयालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस