२०८३ बैशाख १८ गते शुक्रवार

आज दाङ उपत्यकासहित देशभर वर्षाको संभावना


दाङ । दाङ उपत्यकासहित देशैभर गएराति ठुलो वर्षा भएको छ । गएराति लुम्बिनी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । दाङ, बाँके, प्युठान र सल्यानसहितका केही ठाउँमा ठूलो पानी परेको हो ।

वर्षा हुँदै जाँदा नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज पनि दाङ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस