२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङका सीडीओको कैलाली सरुवा, कैलालीका सिडीओलाई गृह मन्त्रालयमा तानियो


दाङ। कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ ।

हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनको सरुवा गरिएको हो । हमालको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ ।

तर दाङका लागि नयाँ सीडीओबारे भने अझै निर्णय भएको छैन । गत साता भएको कारागार झडपमा एकजनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका थिए ।

यसअघि नै कैदीबन्दीबीच विवाद बढ्दो अवस्थामा रहे पनि समयमै सुरक्षा सतर्कता नअपनाउँदा घटना भएको भन्दै हमाललाई पदबाट हटाइएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस