२०८२ मङ्सिर २२ गते सोमवार

आगामी तीन दिन देशका धेरै ठाँउमा पानी पर्ने अनुमान

दाङ, २९ साउन । गएराती दाङ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशभरी वर्षाको संभावना रहेको छ ।

देशभर पानी पार्ने प्राणाली सक्रिय भएसँगै धेरै ठाँउहरुमा मुसलधारे पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो राति पूर्वबाट सक्रिय भएर फैलिएको पानी पार्ने प्रणाली विस्तार हुँदै आज राति देशको धेरै ठाँउहरुमा लगातार मुलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागको भनाई छ ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा लगातार मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको पहाडी भूभागमा पनि मुसलधारे पानी पर्ने मौसम विभागको आंकलन छ । कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस