२०८३ बैशाख १ गते मङ्गलवार

राप्ती राजमार्गको दाङ–सल्यान सडक फेरि पहिरोले अवरुद्ध

दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार कपुरकोट गाउँपालिका–३ मा दाङ र सल्यानको सिमा नजिकै गएराति खसेको पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको र सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको छ ।

केही दिनअघि पनि यही स्थानमा पहिरो खसेर यातायात बन्द भएको थियो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजनका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताउनुभयो ।

उहाँले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस