२०८२ मङ्सिर २७ गते शनिवार

दाङका १२ हजारलाई कोभिड–१९ खोप लगाइने


दाङ । दाङमा १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । भदौ २ देखि ४ गतेसम्म १० वटै स्थानीय तहमा ९५ खोप केन्द्रमार्फत् १२ हजारजनालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका खोप फोकलपर्सन भानुज्योति ओलीका अनुसार घोराही उपमहानगरपालीकाका–१५ खोप केन्द्रमार्फत् दुई हजार चारजना, तुलसीपुर उपमहानगरपालीकाका २५ खोप केन्द्रबाट पाँच हजार चारजना तथा लमही नगरपालिकाका आठ खोप केन्द्रबाट नौ सय ६० लाई खोप दिन लागिएको छ ।

त्यसैगरी राप्ती गाउँपालिकाका नौ खोप केन्द्रबाट एक हजार २० जना र गढवा गाउँपालिकाका नौ खोप केन्द्रबाट पनि एक हजार २० जनालाई खोप दिन लागिएको छ । राजपुर गाउँपालीकाका चार खोप केन्द्रबाट दुई सय चार, बंगलाचुली गाउँपालिकाका आठ खोप केन्द्रबाट तीन सय, बबई गाउँपालिकाका चार खोप केन्द्रबाट दुई सय ९४ जना, शान्तिनगर गाउँपालिकाका पाँच खोप केन्द्रबाट पाँच सय र दंगीशरण गाउँपालिकाका सात खोप केन्द्रबाट छ सय ९६ जनालाई खोप दिन लागिएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले भदौको २ देखि ४ गतेसम्म सबै पालिकामा तोकिएको खोप केन्द्रमा खोपको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

रोग प्रतिरोध क्षमता कमजोर भएका १२ वर्ष वा सोभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई खोप दिइने कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस