२०८२ चैत्र ३० गते सोमवार

लाखे नाच हेर्न निस्केका सुलभ तुलसीपुरबाट सम्पर्कबिहिन

दाङ। तुलसीपुरबाट एक बालक दुई दिनदेखि वेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आउनुभएका प्रेम बहादुर बुढाथोकीका कान्छा छोरा १३ वर्षका सुलभ बुढाथोकी वेपत्ता भएको परिवारले जनाएको छ ।

सुलभ श्रीकृष्ण जन्माष्टमीको दिन (साउन ३१ गते) बिहान ११ बजेतिर घरबाट लाखे नाच हेर्न भनेर निस्किएको र अझैसम्म सम्पर्कमा नआएको आमा गिता बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालक सुलभले घरबाट निस्कदा सेतो टिसर्ट, निलो हाप पाइन्ट र चप्पल लगाएका थिए ।

सिसिटीभि फुटेज अनुसार बालक शनिबार दिउँसो ४ बजेसम्म घोराही रोडमा रहेको ओम शान्ति स्केट पार्कमा देखिएका छन् । उनि करिब १५/१६ वर्षका युवतीहरुसंग स्केटीङमा संगै खेलेको पनि सिसीटीभि फुटेजमा देखिएको छ ।

परिवारले बालकको खोजिका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुर आइतबार निवेदन समेत दिएको छ । खोजीमा सहयोग पुर्‍याउन परिवारले सम्पूर्णलाई आग्रह समेत गरेको छ ।

बालकलाई भेट्नुहुने महानुभावले मोबाईल नम्बर ९८४५२८५५८७ वा ९७६७६१६४२४ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस