तुलसीपुर ।
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। तुलसीपुर–९ मा रहेको संस्थाको साधारण सभा तथा नवौं अधिवेशन शनिवार भएको हो । संस्थाका कार्यवाहक अध्यक्ष केशवराज सापकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सांसद दिपक गिरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। सामाजिक सेवामा काम गर्न उत्प्रेरित हुने व्यक्तिले संस्थाको नेतृत्व गर्नुपर्ने भन्दै संस्थामा कुनै ठेकेदारी प्रथा नचल्ने स्पष्ट पार्नुभयो। जनताको तागतले नै आफू प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेको बताउँदै गिरीले संघीयतामा तीन तहका सरकार रहेकाले सोही मर्म अनुसार विकास निर्माणका काम हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन दाङका प्रमुख तिलक न्यौपाने,राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली, तुलसीपुर–८ का वडा अध्यक्ष धर्मराज ओली ्, वडा नं.९ का अध्यक्ष घनश्याम ढकाल,वडा नं ३ का अध्यक्ष विजय बिक,तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, बेलझुन्डी खानेपानी संस्थाका अध्यक्ष प्रदीप गौतम«,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द« बस्नेत लगायतले उपभोक्ताहरूलाई स्वच्छ पानी वितरण नै संस्थाको पहिलो प्राथमिकता हुनुपर्ने बताएका थिए। तुलसीपुर–३,९ र ८ का बासिन्दालाई खानेपानी उपलव्ध गराउँदै आएको सो संस्थाले ५ हजार ७३८ घरधुरीमा निजी तथा सार्वजनिकसहित ४ हजार ११० वटा धारा वितरण गरेको छ । सो अवस्थामा संस्थाका सचिव दशरथ ओलीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशवबहादुर ओलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारण सभाका अवसरमा विभिन्न व्यक्तिहरूलाई पुरस्कृत गरिएको छ। संस्थाको असल कर्मचारी निमा थापा डाँगी,असल पार्षद मङ्गल बिक,सीता परियार,डिल्लीबहादुर कामी र जमबहादुर मल्ल सम्मानित हुनुभएको हो । यस्तै उत्कृष्ट ग्राहकमा मनविर खत्री र मैना टमाटालाई नगदसहित सम्मान गरिएको थियो। जग्गादाता उषा बस्नेत र निमा भण्डारीलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रमको सहजिकरण सचिव दशरथ वलीले गर्नुभएको हो । संस्थाले नवौ अधिवेशनबाट आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्देछ ।















