२०८३ बैशाख ६ गते आइतवार

रजत महोत्सवमा रक्तदान कार्यक्रम


तुलसीपुर

नेवा देय दवु तुलसीपुर नगर समितिले रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
नगर समितिका अध्यक्ष शिव श्रेष्ठकोे अध्यक्षता तथा केन्दि«य उपाध्यक्ष नरेशकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि राजभण्डारीले रक्तदानलाई महान् कार्यको संज्ञा दिँदै यस किसिमका कार्यक्रमहरूले समाजमा रक्तदानको जागरण फैलाउने बताउनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सुदृष्टी श्रेष्ठले रक्तदानको महत्त्वबारे जानकारी गराउनुभएको थियो ।

रक्तदान कार्यक्रमले रक्त सञ्चार सेवामा विभिन्न समयमा देखापर्ने रगतको अभावलाई केही हदसम्म पूरा गर्ने अपेक्षा गरिएको छ। तुलसीपुरस्थित कालिकादेवी रक्त सञ्चार सेवा केन्द्रमा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस