
दाङ । मुक्त कमलरी विकास मञ्च र आयाम नेपालको साझेदारीमा सञ्चालित ‘मुक्त कमलरी सशक्तीकरण परियोजना’ दोस्रो चरणअन्तर्गतको कार्यक्रम आज बुधबार समापन गरिएको छ ।
मुक्त कमलरी विकास मञ्चका केन्द्रिय कोषाध्यक्ष सुशीला चौधरीको अध्यक्षता तथा तुलसीपुर महानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरी प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मञ्चका कार्यक्रम संयोजक सुबोध कुमार चौधरीले मञ्चले चालु आर्थिक वर्षको जुनदेखि अक्टोबर सम्म विभिन्न क्षमता विकास र सचेतना कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । लैंगिक हिंसा, मानव अधिकार, युवा सशक्तीकरणदेखि जीविकोपार्जनमुखी तालिमसम्मका गतिविधिहरू सञ्चालन गरेको बताउनुभयो । त्यसबाट मुक्त कमलहरी, सिमान्तकृत समुदायका विभिन्न व्यक्तिहरु लाभान्वित भएका छन् ।
तुलसीपुरमा विभिन्न समूहमा आबद्ध कमलरी, सिमान्तकृत समुदायका व्यक्तिहरुलाई यो वर्ष मात्रै ६ लाख रुपैयाँ घुम्ती कोषमा लगानी गरिएको उहाँले जानकारी दिनुभयो । प्रत्येक लाभग्राहीलाई एक वर्षका लागि व्याज नलाग्ने गरी ३० हजारका दरले कोष उपलब्ध गराइएको छ । लाभग्राहीहरुलाई पशुपालन र तरकारी खेतिमा सहजता थपिएको छ ।

साथै उहाँले अझै पनि धेरै मुक्त कमलरीले परिचयपत्र नपाएको र तथ्यांक सङ्कलनमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै मुक्तकम लहरी विकास मञ्चका जिल्ला सदस्य लक्ष्मी चौधरीले मुक्त कमलरीहरूको तथ्याङक संकलनको काम कमलरीहरुले नै गर्नुपर्ने बताउनुभयो । सबै कुरा थाहा हुने भएकोले कमलहरीहरुलाई नै जिम्मा दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि नगर उपप्रमुख चौधरीले स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी दिनहरुमा विकास मञ्चलाई राम्रो राम्रो कार्यक्रम ल्याउनको लागि पहल गर्न आग्रह पनि गर्नुभयो ।
तुलसीपुर–१६ का अध्यक्ष शिवानन्द डाँगीले कार्यक्रम गर्दा कमलरीहरुको तथ्याङ्क सङ्कलन गर्नुपर्ने सुझाव दिनुभयो । तथ्याङक भएमा मुक्त कमलरीलाई परिचयपत्र दिन र छात्रवृत्तिको कुरामा छनोट गर्न सहज हुने उहाँको भनाई छ । मुक्त कमलरीहरुलाई आयआर्जनसंष् जोड्नको लाष् िवडाले पनि सहयो गर्ने प्रतिबद्धता जनाउनुभयो ।
१८ का वडा सदस्य शीतलप्रसाद बुढा मगरले सहकारीमार्फत सहयोग हुँदै आएको जानकारी दिंदै, मुक्त कमलरीको वास्तविक संख्या एकीन गर्न वडाको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि शाखाका कुलराज चौधरीले बजार आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । तुलसीपुर महानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले मुक्त कमलरीहरुले उत्पादन गरेको तरकारीलाई बजारसम्म पुर्याउन सहकारी संस्थामार्फत सहजीकरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर–१५ लक्ष्मण चौधरी, प्रशासन प्रमुख विष्णु आचार्य, उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा लगाएतको सहभागिता रहेको थियो ।
तुलसीपुर–१५, १६ र १८ वडामा सञ्चालन भएका कार्यक्रममार्फत महिलाहरूले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।