२०८२ माघ २५ गते आइतवार

बाढी पहिरोमा परी मृतकको संख्या ४९ पुग्यो, सात जना बेपत्ता


दाङ । देशभर दुई दिनमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीका अनुसार पछिल्लो अपडेटअनुसार मृतकको संख्या ४९ पुगेको हो । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार मृतकहरुमध्ये इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाको मृत्यु भएको छ । त्यसैगरी मधेसको रौतहटमा ३ जनाको मृत्यु भएको छ । सोहीअनुसार बेपत्ता हुनेमा इलाममा एक जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना बेपत्ता रहेका छन् ।

सोहीअनुसार घाइते हुनेमा इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना र मकवानपुरमा १ जना गरी २० जना रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस