२०८२ कार्तिक ३० गते आइतवार

हाम्रो पहुँचको १९औँ वार्षिक साधारणसभा आज पनि संस्थाको प्रंगानमै हुने

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आज पनि संस्थाको प्रांगनमै हुने भएको छ । हिजोदेखि शुरु भएको साधारणसभा विभिन्न ठाउँमा २६ गतेसम्म संचालन हुने छ ।

संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा एकै ठाउँमा सम्भव नहुने भएकाले पनि विभिन्न मितिमा विभिन्न स्थानमा गर्न लागिएको हो । संस्थाले आज तुलसीपुर–१, २, ५, ६ ,८ र ९ का सबै शेयर सदस्यका लागि केन्द्रिय कार्यालय झुमरेमै साधारण सभा गर्ने तालिका छ ।

यस्तै २२ गते रानागाउँ स्कुल, २३ गते गुरुजजुर मावि रक्षाचौर, २४ गते बनगाउँ स्कुल, २५ गते मावि कालाखोला र २६ गते जनकल्याण मावि दुधरासमा साधारण सभा हुने भएको छ ।

साधारणसभामा संस्थाले नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल सुरु गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले सिमित स्रोत साधन र पुँजीबाट शुरु भएको संस्थाले अहिलेसम्म एक अर्ब बढीको कारोबार गरिसकेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस