दाङ । तुलसीपुर–७ मा झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ संचालक समितिले आज पदभार ग्रहण गर्ने भएको छ ।
आज बिहान ११ बजे एकाई प्रतिनिधि सभाको बैठकमार्फत सपथ ग्रहण, पद हस्तान्तरण र पदभार ग्रहण कार्यक्रम हुने निर्वाचन समितिका संयोजक शान्तराज गौतमले जानकारी दिनुभयो ।
यसअघि असोज २७ गते सोमबार सम्पन्न मनोनयन दर्तापछि नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको हो । नयाँ समितिको अध्यक्षमा पुनः शुक्रराज भण्डारी चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष पदमा कार्यरत रहनुभएको थियो । त्यस्तै, खुला उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, महिला उपाध्यक्षमा ममता बस्नेत, सचिवमा जीवराज अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, र सहसचिवमा चिरञ्जीवी पौडेल निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी, खुला सदस्यमा गोविन्दराज भण्डारी, खेतुप्रसाद भण्डारी र खेन्टु गीरी, र महिला सदस्यमा गंगा घिमिरे बोहरा, बिमला खड्का, शान्ता खनाल र शारदा सुनार चयन हुनुभएको छ । यस अधिवेशनबाट १३ सदस्यीय नयाँ संचालक समिति गठन गरिएको हो ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा शरद शर्मा, सदस्यमा बोधप्रसाद खनाल र केशव बहादुर बस्नेत चयन हुनुभएको छ । सहकारीको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएकोे हो ।










