२०८२ कार्तिक ३० गते आइतवार

प्रतिष्ठानका उपकुलपति डा. लामिछानेद्धारा पदबाट राजीनामा


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधवार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेर औपचारिक रूपमा राजीनामापत्र बुझाउनुभएको हो ।

डा.लामिछानेले व्यक्तिगत, पारिवारिक र स्वास्थ्यसम्बन्धी कारण देखाउँदै राजीनामा दिएको बताउनुभयो । उपकुलपति डा. लामिछानेको कार्यकाल आउने फागुनसम्म रहेको थियो । लामिछानेले कार्याकाल सकिनु अघि नै स्वच्छिक रूपमा राजीनामा दिनुभएको हो ।

राजिनामा दिनुभएका उपकुलपति लामिछानेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यतामाथि छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा सङ्गीता भण्डारीसहित १३ जनाविरुद्ध एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस