२०८२ माघ २५ गते आइतवार

आज सुनचाँदीको भाउ सामान्य बढ्यो


दाङ । आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि सामान्य बढेको छ ।

चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस