२०८२ फाल्गुन २९ गते शुक्रवार

घोराही खानेपानी संस्थाका अध्यक्ष देविबहादुर डिसीको मृत्यु


दाङ । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ ।

क्यान्सर पिडीत डिसीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भईरहेको थियो । प्रतिष्ठानमै आज आईतबार ८० बर्षको उमेरमा उहाँको निधन भएको हो । डिसी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

’पानी बाजे’ भनेर चिनिने डिसी लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर सेवा गर्नु भएको थियो । उहाँले विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भुमिकामा रहेर काम समेत गर्नु भएको थियो । घोराहीमा खानेपानिको सुबिधा पुर्याउन देबिबहादुरको ठुलो योगदान छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस