२०८२ कार्तिक ३० गते आइतवार

जन्मदिनमा ह्वीलचेयर सहयोग


दाङ । तुलसीपुर उपमहानगरपालिका–५ का गोरखबहादुर ओलीले जन्मदिनको अवसरमा ह्वीलचेयर सहयोग गर्नुभएको छ । आज आइतबार एक कार्याक्रमको आयोजना गरी तुलसीपुर–२ एकता टोलका टोपबहादुर ठारालाई ह्वीलचेयर सहयोग गर्नुभएको हो ।

ठारा जन्मजात नै शारिरीक रुपमा पूर्ण अपाङग हुनुहुन्छ । ओलीले ४६ औं जन्मोत्सवको अवसरमा शारिरीक रुपमा पूर्ण अपाङगता भएका ठारालाई घरमै गएर एक थान ह्वीलचेयर प्रदान गर्नुभएको हो ।

कार्यक्रममा तुलसीपुर–२ का अध्यक्ष भिमबहादुर योगी, निवर्तमान अध्यक्ष राजु आचार्य, नेपाली कांग्रेस तुलसीपुरका नगर सभापति सुरेश हमाल लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले पछिल्लो समय जन्मदिन मनाउने नाममा अनावश्यक खर्च गर्ने बानिको विकास भइरहेका बेला यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश पुर्‍याएको बताएका थिए ।

ओलीले जन्मदिनमा फजुल खर्च गर्नूभन्दा शारिरीक रुपमा अपाङगता भएका व्यक्तीलाई सहयोग गर्नु मानवीय धर्म रहेको बताउनुभयो । ओली विभिन्न सामाजिक संघसस्थामा आबद्ध हुनुहुन्छ ।

उहाँ हाल तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सल्लाहकार समेत हुनुहुन्छ । जन्मदिनमा ह्वीलचेयर प्रदान गर्ने ओलीलाई ठारा परिवारले धन्यवाद ज्ञापन गरेको थियो । कार्यक्रमको सहजिकरण गणेश भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस