दाङ । दाङमा लागूऔषधसहित रुकुम पूर्वका एक जना पक्राउ परेका छन् । प्रहरीले रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. २ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ हेमन्तपुर बस्ने २३ वर्षको निस्मत गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
गुरुङलाई घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
गुरुङको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थको पुडिया १८ थान बरामद गरिएको छ । अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










