दाङ । लाखौँ लगानी गरेर अबैध बाटो हुँदै अमेरिका छिरेका ३५ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत नेपाल पठाएको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
डिपोर्ट हुने धेरैजसो अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्ने बेला पक्राउ परेकाहरु छन् । डिपोर्ट हुनेहरु अधिकांश दाङका रहेका छन् । अमेरिकाले डिपोर्ट गरेका ३५ नेपालीमध्ये १६ जना दाङका रहेका छन् ।
जसमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरुले प्रतिव्यक्ति ४० लाखदेखि १ करोडसम्म लगानी गरेको देखिएको छ ।
यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, मकवानपुर, महोतरी, बाग्लुङ, बाँके, पर्वत, सिन्धुपाल्चोक लगायतका जिल्लाका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्र तीन सय १० जना नेपाली नागरिक डिपोर्टमा परेका छन् ।
लाखौ रकम दलाललाई बुझाएर अबैधबाटो हुँदै अमेरिका छिरेकालाई अमेरिकाले फर्काइरहेको छ । तर पनि धेरै युवा अवैधबाटो भएर अमेरिका गइरहेका छन् ।
यि हुन डिपोर्ट गरिएकाहरु :
















