२०८२ माघ २५ गते आइतवार

देशभर आठ लाख ३७ हजार नयाँ मतदाता थपिए


दाङ । आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा थप गरेको समय सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय हिजो सकिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस