२०८२ माघ २५ गते आइतवार

छिमेकीलाई बन्चरो प्रहार गरेको आरोपमा एकजना पक्राउ


सल्यान । छिमेकीलाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन् । कुमाख गाउँपालिका–६ सेराडाँडाका १९ वर्षीय पत्रुस दर्लामीलाई प्रहरीले पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार दर्लामीले स्थानीय १८ वर्षीय डम्मर बिकलाई बन्चरो प्रहार गरेका थिए । दर्लामीलाई घर नजिकैबाट पक्राउ गरिएको र बन्चरो बरामद गरेको केसीले बताउनुभयो ।

बन्चरो प्रहारबाट घाइते बिकको नेपालगन्जस्थित नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका दर्लामीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस