सल्यान । सल्यानको कपुरकोट गाउापालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति नमुना माविले ४० जना गौरवशाली पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार वार्षिक अभिभावक भेलाको अवसरमा ४० जना गौरवशाली पूर्व विद्यार्थीलाई सम्मान गरेको हो ।
२०४२ सालदेखि २०६८ सालसम्म एसएलसी पास गरेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका ४० जना पूर्व गौरवशाली विद्यार्थीलाई सम्मानपत्रले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भुपाल शाहुले जानकारी दिनुभयो । सम्मानित हुनेमा पूर्व विद्यार्थीहरु निजामति कर्मचारी, शिक्षक, कृषक, पत्रकार, व्यवसायी, राजनीतिज्ञ, कलाकार लगायतका रहेका छन् ।
सम्मानित हुने ४० गौरवशाली पूर्व विद्यार्थीहरुमा रेडियो हाम्रो पहुँचका सम्पादक जीतसागर जी.एम रहनुभएको छ । सल्यानको कपुरकोट गाउँपालिका–५ फल्लेपानी निवासी जी.एम बिगत दुई दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले जीवन ज्योती नमुना माविमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्नुभएको हो ।
विद्यालयले शुक्रबार जी.एमसहित ४० जना गौरवशाली पूर्व विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कपुरकोट–३ कपुरकोटका माधवप्रसाद गिरी, कपुरकोट–३ मूलपानीका तीर्थराज बुढाथोकी, कपुरकोट–६ छायाँनाथका मानबहादुर डाँगी, कपुरकोट–५ रिमका हेमराज देवकोटा, कपुरकोट–५ रिमका पुरभान पुन, सोहि ठाउँकै डम्बर पुन रहनुभएको छ ।
यस्तै कपुरकोट–३ कपुरकोटका रुपलाल यरी, कपुरकोट–६ ढाँरका डा. प्रेम योगी, कपुरकोट–५ रिमका चक्र देवकोटा, कपुरकोट–३ कपुरकोटका भीमबहादुर सेन, कपुरकोट–५ रिमका दुर्गाबहादुर पुन, दाङको तुलसीपुर–१२ रझेनाका प्रेम पुन, कपुरकोट–५ रिमका गोकर्ण वली, कपुरकोट–६ सिनवाङका दलबहादुर खड्का(शैलेश) सम्मानित हुनुभएको छ ।
यसैगरी कपुरकोट–५ रिमका खड्ग केसी, कपुरकोट–५जामुनेका भीमा बुढाथोकी, कपुरकोट–३ कपुरकोटका जीतप्रसाद आचार्य, कपुरकोट–५ दयाकोटाका होम बहादुर खड्का, कपुरकोट–५ सिस्नेरीका लक्ष्मी बोहरा, कपुरकोट–५ रिमका नेत्रा बोहरा, कपुरकोट–६ जलवाङका दुर्गाप्रसाद खत्री, कपुरकोट–५ खालीका यमकुमार बस्नेत सम्मानित हुनुभएको छ ।

यस्तै कपुरकोट–२ गर्पाकी टंकी घर्ती, कपुरकोट–५ रिमकी अरुणा खत्री, कपुरकोट–६ छायाँनाथका श्यामकृष्ण बोहरा, कपुरकोट–५ सल्लामका दलजित बुढा, कपुरकोेट–६ का पदमबहादुर खड्का, त्रिवेणी–५ का जीतसागर रावत, कपुरकोट–५ रिमका नविन बुढा, कपुरकोट–५ दयाकोटका हुकुम वली, कपुरकोट–५ जामुनेका टोपबहादुर घर्ती, कपुरकोट–५ खालीका प्रेम भण्डारी, कपुरकोट–५ बरलेका सुशील बोहरा सम्मानित हुनुभएको छ ।
यसैगरी कपुरकोट–५ जामुनेका इश्वरीप्रसाद घर्ती, कपुरकोट–१ सारपानीका कमला घर्ती, कपुरकोट–५ फल्लेपानीका जीतसागर जी.एम., कपुरकोट–६ खसघुरका कमानसिंह विक, कपुरकोट–५ रिमका नवराज डाँगी, सोहि ठाउँकै भुवन देवकोटा र कपुरकोट–५ सिन्दुरीका ज्ञान बहादुर डाँगी रहनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीले पूर्व विद्यार्थीको सम्मानले अहिले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीमा सकारात्मक उर्जा थपेको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात पूर्व मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सम्मानपत्रले सम्मान गर्नुभएको हो ।
यसैगरी विद्यालयले जीवन ज्योती स्वाभलम्वी उत्थान कोषमा सहयोग गर्ने सहयोगी दातालाई पनि सम्मान गरेको छ । कोषमा रकम संकलन हुने क्रम अझै पनि छ ।















