२०८२ माघ ७ गते बुधवार

विश्व एड्स दिवसको अवसरमा तुलसीपुुरमा र्‍याली : ‘कण्डम लगाऔ–एड्स भगाऔँ’


दाङ। विश्व एड्स दिवसको अवसरमा तुलसीपुुरमा र्‍याली तथा सभा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा ३८ औँ विश्व एड्स दिवसको अवसरमा सोमबार तुलसीपुरमा र्‍याली तथा सभा गरिएको हो ।
एड्स रोग रोकथाम तथा संक्रमितलाई गरिने व्यवहारमा परिवर्तन ल्याउनका लागि दिवसको अवसरमा सचेतना र्‍याली र सभा गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयबाट शुरु भएको र्‍यालीले बजार परिक्रमा गरेर पुन : उपमहानगरपालिकाको कार्यालयमा आएर सभा गरिएको छ ।

‘कण्डम लगाऔ–एड्स भगाऔँ’, जानकारी बढाऔँ–एड्सबाट बचौँ’, भेदभाव हटाऔँ–समर्थन बढाऔँ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित र्‍याली गरिएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले एड्स रोकथामका लागि सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले संक्रमितलाई गरिने दुर्व्यवहारका कारण धेरै एड्स संक्रिमत खुलेर आउन नसकेको अवस्था रहेको समेत बताउनुभयो । उहाँले संक्रिमतलाई घृणा होइन , सम्मानको आवश्यकता रहेको बताउनुभयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले संक्रमणदर फैलिन नदिनका लागि सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम पि न्यौपानले सचेतनाका लागि नियमितरुपमा दिवसको अवसरमा कार्यक्रम गर्ने गरिएको बताउनुभयो । उहाँले शंका लागेमा तत्काल रगत परिक्षण गराउँदा धेरै समस्या नआउने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत बिमल केसीले तुलसीपुर उपमहानगरपालिकाले खुलेर आउने संक्रमितलाई पोषण र बालबालिकाको शिक्षाका लागि जनही १० हजारका खर्च दिने गरेको बताउनुभयो ।

उहाँले एक जना संक्रमितलाई पालिकाले रोजगारीको अवसर समेत प्रदान गरेको बताउनुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य अधिकृत तथा एचआईभी फाेकल पर्सन शिव प्रसाद तिवारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस