२०८२ फाल्गुन १९ गते मङ्गलवार

दुई हजार बालबालिकालाई खुवाइयो स्वर्णविन्दु


तुलसीपुर ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयले आज सोमबार बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको छ ।

आज पहिलो दिन ६ महिनादेखि ५ वर्ष सम्मका दुई हजार जना बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको अस्पतालका सूचना अधिकारी कैलाश न्यौपानेले जानकारी दिनुभयो ।

स्वर्णविन्दु खुवाउन आज विहान ५ बजेदेखि तुलसीपुरसहित पश्चिम क्षेत्रका अभिभावकहरु बालबालिका बोकेर लाइनमा बसेका थिए । स्वर्णविन्दु बालबालिकाहरुलाई महिनामा एक पटक मात्र खुवाउने गरिएको छ ।

अव आउने पुस २१, माघ १८, फागुन १७, चैत्र १४, बैशाखको १०, जेठको ६ र असारको ३ गते स्वर्णविन्दु खुवाउने कार्यक्रम रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

स्वर्णविन्दुले बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउने चिकित्सालयका प्रमुख मदन कुमार बिसीले बताउनुभयो । उहाँले स्वर्णविन्दुले बालबालिकाको शारीरिक र मानशिक स्वास्थ्यको वृद्धि विकास गराउनुका साथै पाचन शक्तिलाई मद्दत गर्ने, रोग प्रतीरक्षा प्रणालीलाई मजवुद वनाई संक्रमणबाट जोगाउने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस