रोल्पा । रोल्पामा एक व्यक्तिले बाटोमा हिडिरहेका मन बहादुर घर्तीलाई धकेल्दा मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलाका ६७ वर्षका घर्तिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
हिजो बिहिबार साँझ करिब ५ बजेतिर स्थानीय ५० वर्षीय गणबहादुर बुढाले बाटोको छेउबाट हिँडिरहेका ६७ वर्षीय घर्तीलाई पछाडिबाट धकेलेको प्रहरीले जनाएको छ । धक्का लागेर घर्ती बाटोदेखि करिब १० मिटर तल खसेपछि उहाँको नाक,मुख र ढाडमा चोट लागेकोे थियो ।
घर्तीलाई उपचारका लागि घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको थियो । थप उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उहाँको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न गणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।














