२०८२ माघ ८ गते बिहिवार

रास्वपाको नगर भेलामा राप्ती लाइफ केयर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको तुलसीपुर नगर भेलामा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा विभिन्न व्यक्तिलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका इन्चार्ज तुलराज बरालले शिविरमा २०० जनाले सुगर र उच्च रक्तचापको परीक्षण गराएको बताउनुभयो । समस्या देखिएकालाई अस्पतालले निःशुल्क रुपमा औषधी वितरण गरेको जनाएको छ । सबैलाई एकै ठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस