२०८२ फाल्गुन २९ गते शुक्रवार

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढ्यो


दाङ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामै एक सय ७० रुपैयाँले बढेको छ । चाँदी एक सय ७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय ८५ रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस