दाङ । साइन रेसुङगा डेभलपमेन्ट बैंक घोराही शाखाले सिलाइ मेसिन वितरण गरेको छ । बैंकले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका–१५ का महिलाहरुलार्ई सिलाई मेसिन वितरण गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडा भित्र रहेका उद्यम गरेर आत्मनिर्भर वन्न चाहना राखेका महिलाहरुलाई पाँच सुमहमा सिलाइ मेसिन वितरण गरेको हो । प्रत्यक समुहलाई एक थानका दरले पाँच थान सिलाई मेसिन हस्तान्तरण गरेको घोराही शाखाका प्रमुख गणेश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँले समुदायमा रहेका निम्न वर्गका महिलाहरुको जिवनस्तर सुधारगरी आत्मनिभर बनाउने उद्देश्यले सिलाइ मेसिन सामाग्री हस्तान्तरण गरिएको वताउनुभयो ।

शाखा प्रमुख बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो । कार्यक्रममा प्रमुख अतिथी पाण्डेले साइन रेसुङगा बैंकले वित्तिय कारोबारसंगै महिलाहरुलाई आर्थीक रुपमा सक्षम बनाउन खेलेको भूमिकाको प्रशंशा गर्नुभयो ।
उहाँले वैकले उपलव्ध गराएको सामाग्री केवल प्राप्तीका लागि मात्र नभई उद्यमशिलताको सहयात्री भएको बताउनुभयो । वडा भित्र रहेका महिलाहरुलाई चुलो चौकोमा मात्र सिमित नभई फुर्सदको समय सदुपयोग गरेर आयआर्जनमा जोडिन समेत आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथी नेपाली काङग्रेस दाङका उपसभापति कमानसिङ भारतीले महिलाहरुलाई उद्यमकार्यमा संलग्न गराउन साइन रेसुङगा बैङ्कले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । उहाँले सामग्री वितरणसंगै महिलाहरुलाई सिप पनि प्रदान गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यस अवसरमा घोराही शाखा प्रमुख वुढाथोकीले वडाको समन्वयमा तालिम प्रादायक संस्थासंग समन्वय गरेर तालिमसमेत प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
साइन रेसुङगा नारायणपुर शाखाका प्रमुख बिमल भुषालले स्वागत तथा विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण तुलसीपुर शाखा प्रमुख दिपेन्द्र बहादुर थापाले गर्नुभएको थियो ।
















