२०८३ बैशाख १६ गते बुधवार

तुलसीपुरमा महोत्सवमा दैनिक बिहान ध्यान र योग

दाङ । तुलसीपुरमा जारी महोत्सवमा दैनिक बिहान ध्यान र योग भइरहेको छ । दाङ विपश्यना केन्द्र घोराहीको समन्वयमा महोत्सवमा दैनिक बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म ध्यान हुने गरेको छ ।

योग र ध्यानमा दैनिक उपस्थिति बढ्दै गएको महोत्सव आयोजकले जनाएको छ । योग र ध्यानले मानिसको शारिरीक तथा मानसिक अवस्थामा स्वस्थ गराउने गरेको छ ।

दैनिकरुपमा बिहान गरिने योग र ध्यानले कामकाजमा सहज बनाउने गरेको विपश्यना केन्द्रले जनाएको छ । महोत्सवस्थलमा भइरहेको योग र ध्यानमा आम नागरिक उपस्थित हुन सक्ने आयोजकले जनाएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले योग र ध्यानले सकारात्मक सोचको विकास गराउने हुँदा आम नागरिकमा सचेतनाका लागि महोत्सवस्थलमा पनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस