२०८२ माघ २५ गते आइतवार

नेप्से १०.८७ अङ्कले बढ्यो


दाङ । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले उकालो लागेको छ ।

आज एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन वीन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति सोमवार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय ४२ वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस